स्वास्थ्यमन्त्री ढकालको अभिव्यक्तिप्रति सङ्घको आपत्ति



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपाल चिकित्सक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सङ्घले पीपीईका विषयमा जिम्मेवार निकायका उच्च व्यक्तिले हल्का टिप्पणी गरेको भन्दै दुःख व्यक्त गरेको हो । यसअघिको एउटा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले भात पकाउँदा पनि पीपीई खोज्ने अवस्था आएको टिप्पणी गरेका थिऐ । सबै अस्पताललाई सेवा सञ्चालन गर्न पनि चिकित्सक सङ्घले आग्रह गरेको छ । ओपिडी बाहेक आकस्मिक सेवा तथा ज्वरो क्लिनिक सञ्चालन गर्न सङ्घले आग्रह गरेको हो । नेपाल मेडिकल काउन्सिल तथा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेबमोजिम अनिवार्य रूपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्री उपलब्ध गराउन पनि उसले सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button