सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन । सभामुख सापकोटाले सरकारको कोष स्थापना गर्ने निर्णयको स्वागत गर्दै आज कोषमा रकम जम्मा गर्ने व्यबस्था गरेका हुँन । संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुने छ । सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पुर्व तयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो । यसैबीच सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको आज अनुुगमन गरेका छन । उनले सिंहदरबारस्थित संसद सचिवालयको १ नंबर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button