प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला दोस्रो पटक प्रत्यारोपणपछि पहिलोपटक आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठकमा कोरोना भाइरसको संक्रमणका विषयमा मुख्य छलफल हुने बताईएको छ ।


बैठक आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकमा हालसम्मको कामको समीक्षा पनि हुने बताइएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button