प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
मिर्गौला प्रत्यारोपणका लागि १२ दिन अघि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज भएका छन ।
उनलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिईन । प्रधानमन्त्रीको डिस्चार्ज पछि त्रिवि शिक्षण अस्पतालद्वारा जारी विज्ञप्तिमा उनी नियमित फलोअपमा आउनु पर्ने र नियमित रुपमा चिकित्सकको निगरानीमा रहनु पर्ने उल्लेख छ ।
त्यस्तै केही समय पछि उनले आवश्यक सर्तकताका साथ आफ्ना नियमित आवश्यक सबै कार्यहरु गर्न सक्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button