प्रमको स्वास्थ्य सामान्य, श्रीमती राधीका शाक्यलाई भेटन दिइयो

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
मिर्गौला प्रत्यारोपणको नौ दिन भैरहँदा स्वास्थ्य स्थिति सामान्य बन्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग परिवारका सदस्यलाई भेटघाट गर्न दिइएको छ ।
ओलीलाई पहिलो पटक उनकी धर्मपत्नी राधीका शाक्यलाई भेट गर्न दिइएको हो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार उनकोे स्वास्थ्य प्रगति उन्मुख रहेकाले भेटघाट गर्न दिएको टिव्टमा उल्लेख छ ।
त्यसैगरी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा जारी विज्ञप्तिमा उनकोे स्वास्थ्य अवस्था सामान्य रहेको र
नियमित परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेकोले नियमित रुपमा आहार लिइरहेका छन ।