राष्ट्रपतिद्वारा फागुपूर्णिमाको शुभकामना

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले होली पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन । राष्ट्रपतिको कार्यालयबाट आज जारी भएको विज्ञप्तिमा उनले
फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिदै यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकि हुन । उनले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने छ भन्ने विश्वास समेत व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
रङहरुको पर्वका रुपमा उत्साहका साथ देशैभर मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा आज र तराईका जिल्लामा भोली मनाइँदै छ ।