महिलाहरुकै त्याग, साहस, र बलिदानीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको,, अध्यक्ष प्रचण्ड



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११० औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको अवसरमा आईतवार एक सन्देश जारी गर्दै विश्वभरका महिला दिदीबहिनीहरु मात्र नभई मानव समुदायकै लागि आज एक ऐतिहासिक दिन भएको बताएका छन । दिवसको अवसरमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना ब्यक्त गरे ।
प्रचन्डले आजको दिन महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो भनि सन्देशमा उल्लेख गरेका छन ।
उनले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको उल्लेख गर्दै महिलाहरुकोे साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताए ।


प्रचण्डले वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएकोमा खुसी व्यक्त गर्दै संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि एक भएर लाग्ने सबैमा प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button