प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा विप्लव कार्यकर्ता नभइ सहिद परिवारकै सदस्य भएको निष्कर्ष

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
आइतबार सभागृहमा आयोजित एक कार्यक्रमलाई संवोधन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्लाका २२ वर्षे युवा रतन तिरुवा
विप्लव कार्यकर्ता नभएको खुलेको छ ।
तिरुवा द्वन्द्वकालका सहिद परिवारका सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ ।
उनीमाथि अनुसन्धान गर्न प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
समितिले तिरुवाका बाबु द्वन्द्वकालमा राज्यपक्षबाट मारिएकोे जनाएको छ ।
घट्नालगत्तै नेकपाको जुम्ला पार्टी कमिटीले विज्ञप्ति प्रकाशित गरी रतनका बुबा जनयुद्धमा सहिद नभएको दाबी गरेको थियो ।