प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ब्यापक सुधार भैरहेको छ । ओलीको सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । आलीलाई अहिले शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचार गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए ।


यसैगरी ओलीलाई अङ्गदान दिने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उनलाई पनि तरल र नरम आहार दिन थालिएको प्रा डा खड्गाले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई विभिन्न देशका प्रधानमन्त्री तथा प्रतिनिधिबाट स्वास्थ्य लाभको शुभकामना आउने क्रम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button