युवालाई सीपसहितको रोजगारी दिनुपर्ने ,, मुख्यमन्त्री राउत



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले युवालाई सीपसहितको रोजगारी दिनुपर्नेमा जोड दिएका छन । धनुषाको जनकपुरधाममा आज आयोजित युवा तथा साना व्यवसायी स्वरोजगार कोषले गरेको
स्वरोजगार कर्जासम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले युवालाई परिचालन गर्न नसकेकै कारण मुलुक गरिब भएको उल्लेख गरे । उनले युवालाई सीपसहितको रोजगारी दिन नसकिए मुलुक समृद्ध बन्न नसक्ने प्रसट पारे । राउतले युवालाई सीपयुक्त बनाउन प्रदेश सरकारले प्राविधिक विश्व विद्यालयको अवधारणालाई अघि बढाएको भन्दैे । मुख्यमन्त्री राउतले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य प्रदेश २ सरकाले लिएको बताउदै स्वारोजगारको नाउमा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गले सुविधा प्राप्त गर्न नसकेको समेत टिप्पणी समेत गरे। उनले स्वरोजगारको लागि दिइने कर्जाको प्रक्रिया सहज बनाउन कोषलाई समेत सुझाव दिए। युवालाई रोजगारी दिन प्रदेश सरकारले सीप परियोजनासँग सम्झौता गरेको भन्दै राउतले कोषलाई समेत उक्त कार्यक्रममा सहकार्य गर्न आग्रह गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button