नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारकाे प्रयास



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ ।
राष्ट्रिय सभा गृहमा आईतवार आयोजित प्रथम भरतमोहन अधिकारी स्मृति कार्यक्रमको सम्बोधन सकेर बस्दै गरेको अवस्थामा उनीमाथि जुत्ता प्रहार भएको हो ।
उक्त जुत्ता उनिसम्म पुग्न सकेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई अध्यक्ष प्रचण्डका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
प्रचन्डलाई जुत्ता हान्ने व्यक्ति रतन तिरुवा भएको बताइएको छ । उनी सोही कार्यक्रममा उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button