भक्तपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ



मेरो प्रदेश सम्वाददाता
भक्तपुर
प्रहरीले बिद्रोही नेत्र विक्रम चन्द विप्लव नेतृत्व (नेकपा)का दुई कार्यकर्तालाई भक्तपुरबाट पक्राउ गरेको छ ।


प्रहरीले पूर्व भक्तपुर जिल्ला सेक्रेटरी कुशल बोगटी र बुद्धिलाल पुनलाई पक्राउ गरेको हो । उनिहरुले जिल्लामा शंकास्पद गतिविधि गर्दै आएकाले उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने कुशल कालीकोटका हुन् भने बुद्धिलाल रोल्पाका हुन् । भक्तपुरस्थित बिभिन्न ठाउँमा नेकपा विप्लव समूहका कार्यकर्ताहरुले शंकास्पद गतिविधिहरु गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरी उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button