टेप प्रकरण बाहिर ल्याउने मिश्र प्रधानमन्त्री ओलीको नजरमा ‘अनाडी’

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
सेक्युरिटी प्रेस खरिद प्रक्रियाका विषयमा भएको निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटासँग कुराकानीको अडिओ सार्वजनिक गर्ने बिजय मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अनाडी’ भनेका छन् ।
विहीबार नेकपा बागमती भेलालाई सम्बोधन गर्दै ओलीले बास्कोटालाई आरोप लागेकाले राजीनामा दिएको तर प्रमाणित भइनसकेको भन्दै प्रधानमन्त्री अडिओ बाहिर ल्याउने मिश्रबारे भने,‘त्यो अनाडी, अनधिकृत मान्छे हो । कसैको प्रतिनिधि होइन । स्वीस कम्पनीे पनि हाम्रो होइन। किन, के उद्देश्यले रेकर्ड ग¥यो ?’
उनले यस प्रकरणबारे थप खुल्दै जोडे,‘फ्रान्स र जर्मन सरकारसँग डिल भइरहेको छ । स्वीस कम्पनीको कुरा कहाँबाट आयो ? मैले प्रतिरक्षा गर्न खोजेको होइन । पार्टी, सरकार, आन्दोलनलाई बदनाम गराउन खोजिएको छ ।’