जनताले दिएको मतको सदुपयोग नेकपा सरकारले गर्न नसकेको कमल थापाको आरोप



मेरो प्रदेश सम्वाददाता
धनुषा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले स्थानीय र प्रदेश सरकारले नै विकास गर्न सक्ने बताएका छन । जनकपुरमा आयोजित पार्टीको निर्वाचन अभिमुखीकरण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष थापाले
’२ वर्षको अवधिमा प्रदेश सरकारले खासै काम गर्न नसके पनि ५ वर्ष सरकार चलाउन दिन पनि आवश्यक रहेको प्रस्ट पारे । उनले नेकपाको संघीय सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै ‘५ वर्षमा जनताको अपेक्षा अनुसार काम गर्न सकेन भने जनताले आफैँ दलहरूको विकल्प पनि खोज्ने जिकिर गरे । थापाले संघीय सरकारले समेत दुई वर्षको अवधिमा कुनै उपलब्धि मुलक काम गर्न नगरेको टिप्पणी गर्दैे जनताले दिएको मतको सदुपयोग नेकपा सरकारले गर्न नसकेको समेत आरोप लगाए । उनले अहिले देशमा भ्रष्टाचार मौलाएको र धर्मपरिवर्तन व्यापक भएकोे गुनासो समेत गरे। थपाले हिन्दु राष्ट्रका लागि र मधेसी जनताको जायज माग सम्बोधन गर्न संविधान संशोधन गर्न आवश्यक भएको बताउदै चर्चामा रहेको एमसीसी प्रकरणमा केही बुँदा संशोधन गरी जनताको हितका लागि एमसिसी सम्झौता गर्नुपर्ने धारणा समेत राखे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button