प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ स् शेखर कोइराला



मेरो प्रदेश सम्वाददाता
बाँके
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।


नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन्। भ्रष्टचारीको मुख पनि हेर्दिन भन्ने प्रधान मन्त्रीले सुशासनका कुरा गरेर नथाक्ने, प्रधानमन्त्रीले आफैँले बनाएका मन्त्रीको कमिसन बार्गे्निङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनुपर्छ’, उनले भने, ‘उहाँले तत्काल राजीनामा दिनुपर्छ।’

सरकारको नेतृत्वकर्ताका हैसियतमा कमिसन प्रकरणलाई लिएर प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने उनको तर्क थियो।

सरकाले सुशासनको नारा दिए पनि भ्रष्टहरुको झुण्डलाई पालेर बसेको उनको आरोप थियो।

उनले ‘मुलुक अत्यन्त गम्भीर अवस्थावाट गुज्रिरहेको समयमा देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासनरहित अवस्थाका कारण मौलाएको कारण भ्रष्टाचारले मुलुक नै भड्खालोमा जाने सम्भावना रहेको बताए उनले भने। सरकारका मन्त्री भ्रष्टाचार काण्डमा मुछिनु गलत भएको छ । निष्पक्ष छानविन हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button