महराले सफाई पाएको पत्रको बाचन गरे सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठकमा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएको पत्र सभामुख अग्नी सापकोटाले मंगलबार प्रतिनिधि सभामा पढेर सुनाएका छन् ।


अदालतले संसद सचिवालयलाई पठाएको पत्र बैठकमा पढेर सुनाएपछि महराले अब सांसदको हैसियतमा बैठकमा भाग लिन पाउँने बाटो खुलेको छ । अबदेखि हुने प्रतिनिधि सभाको बैठकमा महरा सांसदको हैसियतमा उपस्थित हुन पाउँने छन ।

रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । प्रतिनिधि सभा सदस्यका हैसियतबाट भने उनको राजीनामा दिएका थिएन ।

फौजदारी अभियोग लागेर मुद्दा चल्नासाथ सांसद पद स्वतः निलम्बन हुने गरेको छ । अदालतको पत्रले महराका लागि संसद छिर्ने बाटो खोलिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button