कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले गरिन सोमवार कार्यभार ग्रहण

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सोमवार कार्यभार सम्हालेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानूनमन्त्री नियुक्त गरेपछि उनले आजैबाट कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन्। कानूनमन्त्री तुम्बाहाङ्फेलाई सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति बिद्यादेबी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएपछी सिंहदरबारस्थित मन्त्रालय पुगेर आफ्नो कार्यभार ग्रहण गरेकी छन्।