राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन

मेरो प्रदेश सम्वाददाता
राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सभापति
उपाध्याय केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
उनको शुक्रबार दिउँसो २ बजे दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ ।
२०४२ सालबाट राजनीतिमा सक्रिय उपाध्याय २०५४ सालमा गाविस उपाध्यक्षमा निर्वाचित भएका थिए । उनको जन्म २०३१ सालमा मधुवनी गाविस ७ मा भएको थियो ।