विप्लवका तनहुँ जिल्ला इञ्चार्ज पक्राउ

मेरो प्रदेश सम्वाददाता
तनहुँ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तनहुँ जिल्ला इञ्चार्ज पूर्र्ण्जित पुन पक्राउ परेका छन्। रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। पक्राउ परेका पुनको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।