पेस्तोलसहित विप्लवका कार्यकर्ता पक्राउ

मेरो प्रदेश सम्वाददाता
बैतडी
बैतडीमा नेत्र बिक्र्रम चन्द बिप्लब नेतृत्वको बिद्रोही नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् ।
आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७ सित्तडबाट १ थान पेस्तोल र पर्चा, पम्पलेटहरु सहित धामीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डेले बताए ।