शिक्षामा सुधारका लागि अभियान चलाउनु पर्नेमा जोड,, मन्त्री पोखरेल



मेरो प्रदेश सम्वाददाता
सर्लाही
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा सुधारका लागि अभियान चलाउनु पर्नेमा जोड दिएका छन ।
आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयलाई सर्लाही–काडमाण्डौं मञ्चले शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले १२ कक्षा पास गरेको विद्यार्थीले एउटा सीप सिकेकै होस् भन्ने उद्देश्यले बाली विज्ञान, पशु विज्ञान, इन्जिनियरिङ, आयूर्वेद, जडिबुडी जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको भन्दै


अहिलेको शिक्षाले देशमा बेरोजगारी बढाउँदै लगेकोमा आफु चिन्तित रहेको बताए ।
मन्त्री पोखरेलले स्थानीय राजनीतिक दल, समाजसेवी र शिक्षा क्षेत्रमा काम गर्ने सबैको सहकार्यमा स्थानीय सरकारले विद्यालयहरुको सुक्ष्म ढङ्गले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले भौतिक विकासलाई मात्रै विकास ठान्ने गरिएको भन्दै वास्तविक विकास शिक्षा कस्तो छ ? भन्ने कुराले निर्धारण गर्ने उल्लेख गरे ।
कार्यक्रममा सर्लाही–काठमाण्डौं सम्पर्क मञ्चले विद्यालयलाई एक लाख रुपियाँ नगद, एक थान डेक्सटप कम्प्यूटर, एक थान ल्यापटप, एक थान प्रोजेक्टर, १६० थान विद्यालय झोला, १ हजार आठ थान कापी, आठ सय थान बलपेन र विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button