नेकपाका अध्यक्ष प्रचण्डले भने मधेसमा सिंचाईको समस्या समाधान गर्छु



मेरो प्रदेश सम्वाददाता
सिरहा
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा सिंचाईको प्रमुख समस्या रहेको भन्दै कोशी–कमला डाइभर्सन निर्माणको काम चाँडै अगाडी बढ्ने बताए। सिरहाको सखुवानन्कारकट्टीमा बिहिवारबाट शुरु भएको झण्डा मेलाको उद्घाटन गर्दै
उनले सोकुरा बताएका हुन। प्रचण्डले हुलाकी सडक तिब्र गतिमा निर्माण भइरहेको हुनाले निर्माण पुरा भएपछि यस क्षेत्रमा नयाँ खुशीयाली आउने बिश्वास ब्यक्त गरे।
अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नमा पार्टी सकारात्मक रहेको दावीगर्दैे । उनले भने, ‘आवश्यकता अनुसार संविधान संशोधन गर्दै लैजाने व्यवस्था संविधानले नै गरेको छ त्यसैले आवश्यकता बमोजिम परिमार्जन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’


मेलाको उद्घाटन समारोहमा नेकपाका नेता मातृका प्रसाद यादब, समाजवादी पार्टीकी नेतृ सरिता गिरी, लगायतले शुभकामना मन्तव्य दिएका थिए । मेला १० दिनसम्म लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button