दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा



मेरो प्रदेश सम्वाददाता
पोखरा
जिल्ला प्रशासन कार्यालय, कास्कीले दीपक मनाङ्गे भनिने गण्डकी प्रदेशका सांसद राजीव गुरुङलार्ई ६ हजार धरौटीमा रिहा गरेको छ । रिहा हुनुअघि आइतबारै सरकारी वकिलको कार्यालयमा गुरुङसँग बयान लिइएको थियो ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गुरुङ आजै रिहा भएका हुन ।
रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङ्गेले मिलन गुरुङविरुद्ध आफू सफल भएको बताए । मनाङ्गेर्ले कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष मिलन गुरुङले मंगलबार प्रहरीमा उजुरी दिएका थिए । उनको उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button