सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्वा्चित

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
रिक्त रहेको सभामुख पदमा अग्निप्रसाद सापकोटा नयाँ सभामुख निर्वा्चित भएका छन्। सभामुखमा उनको मात्र उम्मेदवारी परेपछि रिक्त रहेको सभामुख पदमा उनी निर्विरोध निर्वाचित भएका हुन्। संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वा्चित भएको घोषणा गरिएको थियो। सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ , सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए।
यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ। गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधि सभाको सभामुख पदको रिक्तता र राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो।