सहकार्यका आधारमा अगाडि बढ्न तीन शीर्ष नेताबीच सहमति



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ


प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्र्दभमा शनिवार तिन दलका शिर्श नेताहरु ्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा बिच
भएको छलफललमा नेताहरु बीच मुलुक सञ्चालनका लागी साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छ ।
छलफलमा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबिच साझा सहमति खोज्न छलफल भएको एक नेताले बताए । उनका अनुसार संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल काङ्ग्रेससँग छलफल गरेर मात्र गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button