निर्वाचित राष्ट्रिय सभाका सदस्यको कार्यकाल फागुन २१ देखि सुरु



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
राष्ट्रिय सभा सदस्यका लागि विहीबार सम्पन्न निर्वाचनमा १८ जना सदस्य निर्वा्चित भइसकेका छन ।
निर्वा्चित १८ र मनोनित एक गरी १९ जना सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि शुरु हुने भएको छ । सदस्यहरूको शपथ ग्रहण पछि कार्यकाल शुरु हुनेछ ।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित एक जना सदस्य मनोनित हुन बाँकी रहेको छ । निर्वा्चित र मनोनित सबैलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएपछि उनीहरूको कार्यकाल सुरु हुनेछ ।
नयाँ सदस्यको शपथ गराइने दिन नैे कार्यकाल शुरु हुने जानकारी दिँदै संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । नयाँ सदस्यहरूको पदावधि छ वर्षको हुनेछ ।
संघीय संसद सचिवालयको कार्यव्यवस्था परामर्श समिति शाखा(राष्ट्रिय सभा)ले शपथ ग्रहणको कार्यतालिका सार्वजनिक गर्नेछ । संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानुन बमोजिम शपथ लिनु पर्नेछ भन्ने व्यवस्था संविधानमा छ ।
अब हरेक दुई÷दुई वर्षमा निर्वा्चित र मनोनित सबै सदस्यको पदावधि छ वर्षको हुनेछ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको थियो ।
राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट गर्ने व्यवस्था रहेको छ । त्यसै दिनदेखि सम्पूर्ण सदस्यहरूको पदावधि प्रारम्भ भएको मानिनेछ । राष्ट्रिय सभाको रिक्त हुन आउने सदस्यको पूर्ति निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो त्यहीकिसिमले बाँकी अवधिका लागि पूरा गरिनेछ ।
सचिवालयले नवनिर्वा्चित सदस्यलाई संसदीय अभ्यासका बारेमा अभिमुखीकरण दिने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button