पार्टी भित्रको विवाद मिलाउन कांग्रेसका शीर्ष नेता छलफलमा जुट्दै



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
नेपाली कांग्रेसमा देखिएको विवाद मिलाउन शीर्ष नेताहरुबीच शुक्रवार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा छलफल हुने भएको छ । संस्थापन पक्षले विधान मिचेको, १४ औं महाधिवेशन गर्ने समयमा कार्यकाल थपेको, विभागको संख्या बढाएको आरोप बरिष्ठ नेता रामचन्द्र पौडैल समूहको छ ।
छलफलमा कांग्रेसको विवाद मिलाउन दुबै पक्षका नेताहरु सहभागी हुने भएका छन् ।
आजको छलफलमा सभापति देउवाका अतिरिक्त पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी हुने भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button