सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदै



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
यही माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनकालागी मंगलवार उम्मेदवारी दर्ता हुँदैछ । नेकपाले सभामुख पदको लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने अहिलेसम्म सभामुख पदमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।
उम्मेदवारी दर्ता बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button