सभामुखको निर्वाचन माघ १२ गते हुँदै



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
संसदका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा सोमबार बसेको संसदको दोस्रो बैठकले सभामुख चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै माघ १२ गते निर्वाचन गर्ने मिति तोकेको छ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सोमबार बसेको संसदको दोस्रो बैठकले सभामुख चयन प्रक्रियाको कार्यतालिका सार्वजनिक गरेको हो।
सभामुख चयनको लागि गरिने चुनाबमा सोमबार नै निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचनको प्रक्रिया भने मंगलबारदेखि नै सुरु हुनेछ।
आइतबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले रिक्त सभामुखमा नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
संसद सचिवालयले सार्वजनिक गरेका निर्वाचन कार्यतालिका अनुसार सभामुखको उम्मेदवारका लागि भोलि(मंगलबार) नै मनोनयन हुने भएको छ। मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन गर्न सकिने संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । मनोनयन परेका उम्मेदवारीको सूची भोलि नै दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button