निर्वाचन प्रचारको समय आज राती सकिदै



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सोमबार रातिबाट सकिँदै छ । यही माघ ९ गते बिहीबार हुने निर्वाचनका लागी आचारसंहिता बमोजिम ४८ घण्टा अगाडि माघ ६ गते सोमबार राति १२ः०० बजेदेखि मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएपछी प्रचारप्रसार बन्द हुने छ ।
सो अवधिभर आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निर्वाचन आयोगल निषेध गरेको छ । निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button