बिद्यालय मर्ज अभियान चलाउन आवश्यक रहेको,,मन्त्री पोखरेल



बर्दिबास ,महोत्तरी
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बिद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताएका छन । महोत्तरीको बर्दिवासमा बर्दिवास नगरपालिकाले आयोजना गरेको “बर्दिवास शिक्षा सम्मेलन” लाई सम्बोधन गर्दैं मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलिकरणको लागि शिक्षालाई गुणस्तर बनाउन र सार्वजनिक बिद्यालयको गुज्रिदै गरेको समस्यालाई सम्बोधन गर्न विद्यालय मर्ज अहिलेको आवश्यकता रहेको बताए । विद्यालयहरु धेरै खुलेका छन् गुणस्तर छैन्न्, मन्त्री पोखरेलले भने शैक्षिक गुणस्तर बृद्धिको लागि, सुधारको खाँचो ओल्याउँदै उनले शैक्षिक क्षेत्रमा देखिएको चुनौति र समाधानकालागी विद्यालय मर्ज आवश्यक रहेको प्रस्ट पारे । सरकारले सार्वजनिक विद्यालयको सवलीकरणको लागि दशकिय अभियान सुरु गरेको भन्दै यो अभियानमा सबैको साथ र सहयोगको आवश्यकता औल्याए ।


उनले मर्ज अभियानमा सबैलाई साथ दिने आग्रह समेत गरे
मन्त्री पोखरेलले विद्यालयमा शिक्षक अभावलाई परिपुर्ती गरी सरकारले दरवन्दी थप गर्न शिक्षक सिकाई अनुदान र स्वयम् सेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको प्रस्ट पारे । सरकारले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएको भन्दै पाखरेलले प्राविधिक र व्यवसायिक शिक्षाले देश विकासमा कायापलट हुने बताए । उनले यस्तो प्रकारको शिक्षा सम्मेलन सबै स्थानीय तहमा गर्न आवश्यक रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कुमार कार्कीले बर्दिवास नगरलाई यस क्षेत्रकै शैक्षिक हव बनाउन नगरले काम गरिरहेको र सार्वजनिक विद्यालय सवलीकरण पहिलो प्राथमिकता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button