ओली ,प्रचण्डबीच सभामुख टुंग्याउन छलफल जारी



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
अहिले बिहान नौ बजेदेखि नै ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको विषयमा निर्णय गर्न छलफल चलिरहेको छ।


दुई अध्यक्ष सहमतिको बिन्दुमा पुगेर आजै सभामुखको नाम टुंग्याउने नेकपाको स्रोतले जनाएको छ । नेकपाका एक नेताका अनुसार सभामुख पूर्वमाओवादी समूहलाई दिन ओली तयार भएपछि त्यस बिषयमा निर्णय गर्न अहिले बैठक चलिरहेकोछ ।
सभामुखको विषयमा बढेको तानातानका कारण पाँच दिनपछि बिहीबार ओली र प्रचण्डले करिब साढे दुई घण्टा छलफल गरेका थिए।

छलफलपछि सभामुख पद पूर्वमाओवादी समूहलाई दिन ओली तयार भएका छन । माओवादी पक्षबाट प्रचण्डले अग्नी सापकोटालाई सभामुखमा प्रस्ताब गर्ने सम्भाबना देखिएको छ ।
सापकोटाको नाममा सहमती हुन नसके पम्फा भुसाल अथवा हरिबोल गजुरेल सभामुख बन्न सक्ने स्रोतको दाबी छ ।
सभामुख टुंगो लागेपछि त्यसलाई औपचारिकता दिन आजै सचिवालयको बैठक बस्नसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button