जनयुद्धमा मारिएका पाँच हजारको जिम्मा लिन तयार भए,, प्रचण्ड



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
बुधबार राजधानीको टुँडिखेलमा आयोजि माघीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’
आफूमाथि लाग्दै आएको १७ हजार नेपाली मारेरको आरोपको खण्डन गरेका छन । उनले १७ हजार मान्छे आफूले मारेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्। राज्यले मारेका निर्दोषको हिसाब नगरी सोलोडोलोमा सबैको जिम्मा आफूलाई लगाएको भन्दै उनले त्यसले न्याय नगर्ने बताए। ‘राज्यले मारेको हिसाब नहुने अनि राज्यले मारेको पनि मेरै टाउकोमा हालियो भने यो न्याय हुँदैन।’
‘मैले १७ हजार नेपाली मारेको भन्ने कुरा सत्य होइन’, उनले भने, ‘सत्य के हो भने, हिजोको महाराजाहरुले १२ हजार मारेका हुन, त्यसको जिम्मा उनीहरुले लिन्छन् बाँकी ५ हजारको जिम्मा म लिन तयार छु।’
युद्धका क्रममा ५ हजारको ज्यान गएको भन्दै प्रचण्डले त्यसको जिम्मा आफू लिन तयार रहेको बताएका छन।
अध्यक्ष प्रचण्डले सबै समुदायका मानिसमाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्छ भन्ने अभियानमा आफू रहेको प्रस्ट पारे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button