उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिवार बसेको सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिने पनि प्रस्ट पारे ।
नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा पार्टीले निर्णय नगरेको बताउदै । सभामुख कसलाई बनाउन खाजेको भन्ने बिसयमा उनले केहीबोलेनन ।
सभामुख बनाउने विषयमा नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबार बोलाइएको छ ।