निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशबाट उम्मेदवारी दर्ता गराएका ४५ जना उम्मेदवारहरूलाई शुक्रबार त्यस दलको चुनाब चिह्न प्रदान गरेको छ ।
चुनाबमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चा पार्टीका दुईजना गरी जम्मा ४५ जना उम्मेदवारले चुनाब चिञ्ह पाएका छन । उम्मेदवारी दर्ता गराएका कुनैपनी दलका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । ७ आटै प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्पm दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्पm सात गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्पm १६, दलित समूहतर्पm पाँच, अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्पm पाँच र अन्य समूहतर्पm १९ गरी कूल ४५ जना उम्मेदवार छन् ।
प्रदेश १ को मोरङ जिल्लाको बिराटनगर, प्रदेश २ को धनुषाको जनकपुर, प्रदेश ३ को ललितपुरको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेतको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन चिह्न प्रदान गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button