मन्त्री ढकाल र बाँस्कोटालाई राष्ट्रपती द्वारा थप जिम्मेवारी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी तोकेकी छिन । संघीय समाजवादी पार्टीका दुई मन्त्रीहरूले पदबाट राजीनामा दिए पछि ती मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्रीे आफैले सम्हाल्दै आएकोले उनकै सिफारिसमा मन्त्री ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button