केन्द्रीय समितिको निर्णयप्रति कांग्रेस जिल्ला सभापतिहरुको असहमति



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले बहुमतका आधारमा पारित गरेको केन्द्रीय समितिको निर्णयप्रति असहमति जनाएका छन् ।


भेलाको पहिलो दिन आज वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएको र त्यसमा महत्वपूर्ण सुझावहरु आएको बताए । उनले जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएको बताए ।
नेता पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम मंगलबार पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको राय सुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा टुंगो मालाग्ने प्रस्ट पारे । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा केन्द्रीय कार्य समितिमा भएको निर्णय र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सुझाव लिने काम भइरहेको वरिष्ठ नेता पौडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button