नेकपा र राजपाको संयुक्त र्‍यालीसहित प्रदेश नं २ मा मनोनयन दर्ता



मेरो प्रदेश सम्वाददाता
धनुषा
निर्वाचन आयोगको कार्यालयमा राजपा र नेकपाका चार उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन । गत निर्वाचनमा समाजवादी पार्टीसँग गठबन्धन गरेको राजपाले
आइतबार दिउँसो १ बजे नेकपाको पार्टी कार्यालयबाट संयुक्त रूपमा जुलुस निकाल्दै नेकपासँग प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनमा तालमेलगरी गरी चुनाबमा भाग लिदैँ छ।


नेकपाको तर्फबाट राधेश्याम पासवान (सर्लाही) र तुलसा दाहाल (सर्लाही) ले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी नेपकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलको प्रस्ताव र राजपाका उपाध्यक्ष तथा प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायको समर्थनमा पासवानले उम्मेदवारी दर्ता गराएका हुन ।
यस्तै राजपाका तर्फबाट मृगेन्द्रकुमार सिंह यादव र शेखर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। दुवै सप्तरीका हुन्। दाहालले नेकपा प्रदेशसभा सांसद शत्रुघ्न महतोको प्रस्ताव र राजपा सांसद परमेश्वर साहको समर्थनमा उम्मेदवारी दिएकी छन्।

यादवले राजपाका उपाध्यक्ष तथा प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साह र नेकपाका सांसद सुन्दरबहादुर विश्वकर्माको समर्थनमा उम्मेदवारी दिएका हुन्। नेकपा सांसद रामचन्द्र मण्डलको प्रस्ताव र राजपा नेता तथा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलको समर्थनमा सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button