सामाजिक सञ्जालमार्फत राजपा र समाजवादी पार्टीमाथि डा.सीके राउतको कडा प्रहार



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सामाजिक सञ्जालमार्फत राजपा र समाजवादी पार्टीमाथि कडा प्रहार गरेका छन्। राष्ट्रियसभामा उम्मेदवारी मनोनयन दर्ता गराउन राजपा र नेकपाको गठबन्धनले आज जनकपुर लगायत मधेशको बिभिन्न ठाउँमा निकालेको रयालीको तस्बिर राखेर डा. राउतले भनेका छन्।, ’मधेसमुक्ति आन्दोलनको देख लो!’


राष्ट्रियसभामा दुई स्थानकालागि राष्ट्रिय जनता पार्टीले नेकपासँग गठबन्धन गरेपछि उनले मधेसवादी नेतालाई ‘सुगवा’ सर्पको संज्ञा दिदैे हिन्दीमा लेखेका छन, ‘फाड़ कर देखो (सुगवा) साँप को जिस मधेसविरोधी नेकपा (ओली) को मधेस में प्रवेश निषेध करने लिए दर्जनों मधेसियों को मरवा दिया, मलेठ में नरसंहार करा दिया, आज वही (राजपा नेकपा एमाले के) सूर्य छाप में मोहर लगाने के लिए जनकपुर में जुलुस निकाले है। मधेशमुक्ति आन्दोलनको देख लो उनले भनेका छन,समाजवादीको नेकपासँग केही दिनअघि डिभोर्स भयो र अहिले कांग्रेसको साथी बनेको छ । उनले ‘सुगवा’ सर्प धानको खेतमा धानजस्तै हरियो देखिने गरेपछि टोकेर जसरी ज्यान लिन्छ, त्यसरी नै मधेसी नेता हेर्नमा मधेसी लागे पनि नेकपा र कांग्रेसको सन्तान भएको भन्दै कडा टिप्पणी गरेका छन्। गरिब, मधेसी निमुखा सहिद बनेको तर सांसद भने नेताको पत्नी, सम्धी र प्रेमिका बन्ने गरेको डा. राउतले को आरोप छ । मधेसवासी जनताले पनि राजपा र समाजवादी पार्टीमाथि शंका गर्न थालेको प्रस्ट पार्दै राष्ट्रियसभाका लागि गरेको गठबन्धनपछि मधेसी जनताहरुले उनीहरूमाथि विश्वास नगर्ने वातावरण निर्माण भइरहेकोले यसले अगामी दिनमा मधेसवादी दललाई ठूलो असर पर्ने बिचार ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button