सभामुखबारे छलफल गर्न प्रचण्ड पुगे बालुवाटार



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड नाज प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न
प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेको बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।
नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न सुझाव दिएको नेकपाका एक नेताले बताए । आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन गएपछि यसबारे निर्णय हुन सकेको छैन ।


पूर्व एमालेले राष्टपति, प्रधानमन्त्री र राष्टियसभा अध्यक्षजस्ता पद पाइसकेकाले सभामुखमा आफूले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने प्रचन्डले बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसबारे केही बोलेका छैनन् । अध्यक्ष प्रचण्डले पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा छन् ।
तर ओलीनिकट नेताहरूले अहिलेको चुनौतीपूर्ण अवस्थामा सुवास नेम्वाङको विकल्प खोज्न नहुने बताइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि सुवास नेम्वालाई सभामुख बनाउने पक्षमा रहेको स्रोतले जनाएको छ ।

एक नेताका अनुसार अहिले पनि नेम्वाङलाई सभामुख बनाउने सन्दर्भमा उहाँको विमति होला जस्तो लाग्दैन ।’ उनीनिकट नेताले भने ‘उहाँसँग अहिले कसलाई सभामुख बनाउने भनेर सल्लाह मागिएको छैन । तर हिजो दलको उपनेता बनाउने बेला माधव नेपालले नै ओली र नेम्वाङबीच मध्यस्थ गर्नुभएको थियो । नेपालकै आग्रहमा नेम्वाङ उपनेता बन्नुभएको हो

नेकपा अध्यक्ष प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाडन् दबाव छ । पूर्वमाओवादीबाट अग्नि सापकोटाको मुख्य दाबेदारी देखिन्छ । ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाललगायत पनि सभामुखका दाबेदार हुन् । सरकारका प्रवक्ता तथा नेकपा नेता गोकुल बास्कोटाले अब नेकपामा पूर्व र पश्चिमको विभाजन नरहेको बताए ।

उनले भने, नेकपामा कोही पूर्वको छैन । सबै नेकपाका नेता–कार्यकर्ता हुन् । पार्टीले व्यक्तिको योग्यता, क्षमता र आवश्यकता हेरेर कसलाई कुन कामको जिम्मेवारी दिने भन्ने निर्णय गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button