उपेन्द्रले भने लुट, खसोट र बेइमानहरूलाई ठेगान लगाउँछौ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले अब संसद र सडक संघर्ष गर्ने बताए। महोत्तरीको जलेश्वरमा समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान संशोधन नगरी सरकार अगाडि बढे ठूलो विस्फोट हुने चेतावनी दिए । मधेसी र पहाडका जनजाति भित्रभित्रै छटपटाई रहेको छ यस्तै रहे ठूलो विस्फोट हुन्छ।’ ’विस्फोटमा मधेसी जनताको जीत हुनेछ’अध्यक्ष यादबले भने, ‘ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ। एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ। उनले समाजवादी पार्टी संविधान संशोधन गराउने लक्ष्यका साथ संरकारमा गएको र त्यही लक्ष्यकालागी सरकार छोडेको प्रस्ट पारे यादवले संघर्षबाटै लुट, खसोट र बेइमानहरूलाई ठेगान लगाउने पनि प्रस्ट पारे


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button