सिपी गजुरेल लगायत बैद्य माओवादीका नेता कार्यकर्ता पक्राउ

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारतले गरेको सिमा अतिक्रमणको विरुद्ध विरोध प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी का नेता सीपी गजुरेल लगायत दर्जन बढी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले आईतवार पक्राउ गरेको छ । भारतद्वारा अतिक्रमण लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन सिंहदरवारमा जाने क्रममा भाटभटेनी सुपरमार्केट क्षेत्रमा प्रहरीले हस्तक्षेप गरी
उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीको हस्तक्षेपमा परी केही नेता तथा कार्यकर्ता घाईते समेत भएका छन। एक प्रहरी अधिकारीले भने । एमसीसीको बिरोध गर्दै प्रदर्शन गर्न खोजेको आंशकामा विप्लव निकट विद्यार्थी नेतारकार्यकर्ताहरु पक्राउ गरिएको केही समयपछि नै वैद्य समुहका नेता कार्यकर्ता पनि पक्राउ परेका हुन ।
क्रान्तिकारी माओवादीले गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारका लागि सरकारसंग माग गरेको छ ।