विप्लव कार्यकर्ता हतियारसहित पक्राउ



मेरो प्रदेश सम्वाददाता
ताप्लेजुङ
ताप्लेजुङबट १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ वर्षीय चन्द्रबहादुर बस्नेत रहेका छन ।


बस्नेतको साथबट प्रहरीले
१ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ
बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पत्रकार सम्मेलन गरी आइतबार जानकारीे दिएको छ। बस्नेतले घरमा हतियार र बिष्फोटक पदार्थ राखेकोे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर र गोठ खानतलासी गर्दा १ थान कटुवा पेस्तोल, इलेक्ट्रिक डेटोनेटर ७ थान, नन इलेक्ट्रिक डेटोनेटर १७ थान, टाइम सेटिङ डिभाइस जस्तो देखिने सेतो वस्तु ३ थान, रिमोट कन्ट्रोल सेट ३ थान, ब्याट्री सेट २ थान बरामद गरेको छ। यस्तै जिलेटिन ४५ थान, सेफ्टी फ्युज वायर साढे ३ फिट तथा नेत्रविक्रम चन्द विप्लवको पार्टी संग सम्वधित दस्तावेजहरू र चन्दा उठाउन प्रयोग गरिएको रसिद समेत फेला परेको छ। पक्राउ परेका बस्नेत नेपाल कम्युनिष्ट पार्टी विप्लवसँग सम्वद्ध युवा परिषदका सक्रिय कार्यकर्ता तथा योङ रेड फोर्स ताप्लेजुङका जिल्ला सहसचिवको पदमा समेत रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button