पौडेल पक्षको अनुपस्थिती मै नेपाली कांग्रेसको बैठक



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालको फागुन ७ देखि १० गतेसम्म निर्णय गरेको छ ।
बैठकले कांग्रेसको कार्यकाल २०७६ फागुन १९ गते सकिने भएकाले एक वर्ष थप्ने निर्णय गरेको केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिनुभयो ।
बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अनुपस्थित थिए । बैठकले विभागको संख्या थप्नुका साथै नेपाल तरुण दलको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको छ । पौडेल समूह यसअघिका बैठकमा पनि अनुपस्थित रहँदै आएका छन । केन्द्रीय कार्य समितिमा संस्थापन पक्षसँग स्पष्ट बहुमत रहेको छ । यसैगरी, जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय अधिवेशन हुनु दुई महिना अगाडि नै सक्नुपर्ने छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने बैठकमा अनुपस्थित रहेको थियो । सहमति जुटाउन शुक्रबार पाँच घण्टासम्म बसेको कार्यदलको बैठकमा कुनै सहमति नभएपछि संस्थापन पक्षले सो निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button