सहमति नभई बैठकमा नजाने पौडेल समूहको निर्णय

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो ।
शुक्रबार पौडेल समूहको वार्ता टोली संयोजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको थियो । बैठकमा
महाधिवेशन कार्यतालिका, नेविसंंघ, केन्द्रीय विभाग गठनबारे विभिन्न विकल्पमा छलफल भए पनि सहमति हुन नसकेको वार्ता समितिका सदस्यहरुले बताएका छन् ।
बैठकले प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको एक नेताले बताए ।
पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने, विधानअनुसार २८ वटा मात्र विभाग बनाउनुपर्ने र त्यसमा आधा हिस्सा आफूहरुले पाउनुपर्ने माग राखेको छ ।
पौडेल समूहको बहिस्कारका कारण केन्द्रीय कार्यसमिति बैठक लगातार स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्ष आफूले नियुक्त गर्ने र चार महामन्त्री राखेर चारै समूहबाट एकरएक जना मनोनित गर्ने प्रस्ताव पनि पौडेल समूहले मानेको छैन ।