फिर्ता लियो ओली सरकारको समर्थन समाजवादीले



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ।


समाजवादी पार्टीको बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा आज बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संगै पार्टीले अब प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ। पर्टीका एक नेताले बताए । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि भावी योजनाबारे केही बोलेको छैन। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पेश गरेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरे पछी मंगलबार उप प्रधान मन्त्री यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button