समाजवादी पार्टीको सरकार छाड्ने निर्णय

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
मंगलबार बसेको समाजवादी पाटी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको छ। संविधान संशोधन सम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राखेका थिए।
ललितपुरको बालकुमारीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सरकार छाडने निर्णय गरेपनी पार्टीले सरकार छाडेको आधिकारीक
घोषणा भने बुधबार गर्ने पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।