‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता र कार्यकर्ता कारागार चलान



मेरो प्रदेश सम्वाददाता
दाङ
राजपुर गाउँपालिका–४ मुंग्रठा खोलामा दुई महिनाअघि पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेतारकार्यकर्ता कारागार चलान भएका छन ्। जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलासले सोमबार उनीहरुलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। धरौटीमा छुटे पनि प्रहरीले अन्य मुद्दामा पक्राउ गर्ने तयारी गरेको भन्दै आफुहरुले धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय गरेका नेकपाका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्दले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button