विप्लव समूहका पाँच नेता काठमाडौंबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता
कठमाडौ
प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका पाँचजना नेतालाई आईतवार काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लको सोलुखुम्बु(ओखलढुंगा इन्चार्ज त्रिलोचन विक, ओखलढुगा सेकरेटरी दुर्गाबहादुर तामाङ, युवा संगठनका केन्द्रीय सचिव शिशिर उपनामका सञ्जीव लामा, युवा संगठनकै केन्द्रीय कोषााध्यक्ष तिलक गुरुङ, केन्द्रीय सदस्य वकिल घर्ती मगर रहेका छन । प्रहरीले उनीहरुको साथबाट विस्फोटक पदार्थ, पेस्तोल, कुकर बम, बम बनाउने सामाग्री र विप्लव नेकपाका दस्तावेज पनि बरामद गरेको छ ।


काठमाडौंको मूलपानी र बूढानीलकण्ठ क्षेत्रबाट प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button