प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


सत्ता?ढ नेपाल कम्युनिष्ट पार्टीको एक सातादेखि जारी स्थायी कमिटी बैठक आइतवार सकिएको छ । बैठकले महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पारित गरेको छ। बैठकले आगामी पुस २३ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पार्टी एकताका बाँकी रहेका काम १५ दिनमा सक्ने निर्णय लिएको बैठकले अमेरिकाको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) उसकै सैन्य रणनीति इन्डोप्यासिफिक अन्तर्गतको भए नभएको निर्णय लिने जिम्मा पार्टी सचिवालयलाई दिएको छ ।
बैठकमा पार्टीको भावी रणनीति, सरकारको समीक्षा सहितका विषयमा केन्द्रित भएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएकोछ । धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले
’विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button